त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानले ५० जना नर्स नियुक्त गर्न दरखास्त आह्वान गरेको छ । हाललाई ५० जना र रिक्त रहेको दरबन्द्यीमा नियमअनुसार पदपूर्ति पनि गरिने संस्थानको सूचनामा उल्लेख छ ।
संस्थान अन्तरगतका विभिन्न शिक्षण अस्पताल तथा केन्द्रहरुमा स्टाफ नर्सको अस्थायी पदमा करार सेवामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको शुक्रबार जारी सूचनामा उल्लेख छ ।
इच्छुक उम्मेदवारले थप जानकारी लिन परीक्षा महाशाखाको वेबसाइट हेर्न सक्नेछन् भने आवेदन दिने अन्तिम मिति असोज ५ गतेसम्म तोकिएको छ । अनलाइनमार्फत आवेदन दिनुपर्ने बताइएको छ भने परीक्षा असोज १३ गते हुनेछ ।
विस्तृतमा सूचना हेर्नुहोस्ः
