काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन पदमा ५२ जना कर्मचारी माग गरेको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेेगरी राष्ट्र बैंकले सहायक निर्देशक, सहायक र सहायक(सूचना प्रविधि) पदमा दरखास्त आह्वान गरेको हो ।
शुक्रबार प्रकाशित सूचनाअनुसार इच्छुक उम्मेदवारले भदौ २७ भित्र अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ ।
सम्पूर्ण विज्ञापनको दरखास्त नेपाल राष्ट्र बैंकको वेबसाइटको ‘क्यारियर’ भित्र ‘अनलाइन पोर्टल फर ओपन कम्पिटिसन’ वा जब्स डट एनआरबी डट ओआरजीबाट पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।