Logo

शुक्रवार, भाद्र १९ गते २०८३

भारोत्तोलन खेलाडी विशालको कीर्तिमान

भारोत्तोलन खेलाडी विशालको कीर्तिमान

नयाँ लहर

२७, भाद्र २०८०
भारोत्तोलन खेलाडी विशालको कीर्तिमान

नेपाली भारोत्तोलन खेलाडी विशालसिंह विष्टले रियादमा जारी आईडब्लुएफ विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
पुरुष ९६ केजी तौलसमूहमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ९बोस० ले जनाएका छन् ।
विशालले स्न्याचमा १२६ केजी, क्लिन एन्ड जर्कमा १६५ र कुलमा २९१ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । 

यसअघि स्न्याचमा १२५, क्लिन एन्ड जर्कमा १६१ र कुलमा २८३ केजीको कीर्तिमान विशालकै नाममा थियो ।

प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - २०:०६:१० बजे

नयाँ लहर