Logo

शुक्रवार, भाद्र १९ गते २०८३

जापानमा नेपाली रेस्लरको जित

जापानमा नेपाली रेस्लरको जित

नयाँ लहर

१९, भाद्र २०८०
जापानमा नेपाली रेस्लरको जित

जापानमा भएको मैत्रीपूर्ण रेस्लिङ प्रतियोगितामा नेपाली रेस्लरले जित हात पारेका छन् । जापानको ओसाकामा भएको उक्त रेस्लिङमा भगवती खड्का (युनिका), अस्मिता सुनार (जुरेली) र भरतबहादुर बिसुराल (हिमालयन टाइगर) ले प्रतिस्पर्धा गरेका थिए ।
भगवती र जुरेलीको जोडीले मेडे टाइगर्ल, जाक्युएर योकोटा र हानाजोनो मोमोकालाई पराजित गरे । हिमालयनले अमेरिका र जापानका रेस्लरलाई पराजित गरेको भगवतीले जनाएकी छन् ।

 एनआरएनए कोन्साइ कमिटी, ओसाकाको सहयोगमा रेस्लिङ भएको थियो ।

प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - १९:३६:२६ बजे

नयाँ लहर