Logo

शुक्रवार, भाद्र १९ गते २०८३

खेलाडीका परिवारलाई ८ लाख 

खेलाडीका परिवारलाई ८ लाख 

नयाँ लहर

२०, आश्विन २०८१
खेलाडीका परिवारलाई ८ लाख 


एन्फाले प्राकृतिक प्रकोपको घटनामा ज्यान गुमाएका ६ जना खेलाडीका परिवारलाई ८ लाखका दरले राहत दिने निर्णय गरेको छ । असोज १२ गते मकवानपुरको इन्द्र सरोबार गाउँपालिका ३ स्थित इन्फा वात्सल्यदेवी एकेडेमीमा प्रशिक्षार्थी ६ जना खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानिया, अनुपम घलान र साइमन योञ्जनको पहिरोमा परेर मृत्यु भएको थियो । 
सो सम्बन्धमा आइतार बसेको एन्फाको आपतकालीन बैठकले क्षतिपूर्ति दिने निर्णय सहित प्रत्येक दिवंगत खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा २ लाख अक्षयकोष संघबाट खोल्ने र उक्त कोषमा अन्य शुभचिन्तकहरुलाई सहयोग गर्नका लागि अनुरोध गर्ने निर्णय पनि भएको छ । 
यस्तै दिवंगत खेलाडीहरुको शालिक वा स्मृति स्तम्ब निर्माण गर्ने, थप राहतका लागि एन्फा र फिफालाई अनुरोध गर्ने, घटनाको छानबिनका लागि समिति गठन गर्नेलगायतका निर्णय भएको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

प्रकाशित मिति :आश्विन २०, २०८१ आइतवार - २१:३९:५७ बजे

नयाँ लहर