Logo

शुक्रवार, भाद्र १९ गते २०८३

दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै भारत बन्यो विश्वविजेता

दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै भारत बन्यो विश्वविजेता

नयाँ लहर

१६, आषाढ २०८१
दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै भारत बन्यो विश्वविजेता

छिमेकी देश भारतले आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई स्तब्ध पार्दै भारतले विश्वकपको उपाधि जितेको हो । 

बार्बाडोसस्थित केन्सिङ्टन ओभल स्टेडियममा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको हो । यससँगै पहिलो पटक टी-२० विश्वकपको उपाधि जित्ने दक्षिण अफ्रिकाको सपना चकनाचुर बनेको छ ।

भारतले भने सन् २००७ मा पनि टी–२० विश्वकपको उपाधि जितेको थियो । यो सँगै उसले दोस्रो पटक उपाधि जितेको छ ।

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रन मात्र बनाउन सक्यो । 
दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले अर्धशतकीय इनिङस खेले । २७ बलको सामना गर्दै २ चौका र ५ छक्का प्रहार गर्दै ५२ रनको योगदान दिए । 

यसैगरी क्वीनटन डी ककले ३१ बलमा ३९ रन, ट्रिस्टन स्टब्सले २१ बलमा ३१ रनको योगदान दिँदा डेभिड मिलरले १७ बलमा २१ रन बनाए । दक्षिण अफ्रिकाले जितका लागि निकै संघर्ष गरेपनि भारतीय बलरसामू पछिल्लो ओभरहरुमा निरीह सावित भए । भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै रन १७६ बनाएको थियो । 

भारतको विशाल लक्ष्य बनाउने क्रममा विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे । उनले ५९ बलको सामना गर्दै टीमका लागि ७६ रनको योगदान दिए ।

जसमा ६ चौका र २ छक्का समेत समावेश थियो । विश्वकपमा खासै चल्न नसकेका विराटले फाइनलमा भने उत्कृष्ट प्रदर्शन गर्दै भारतका लागि सम्मानजनक स्कोर बनाएका हुन् । 

यस्तै कप्तान रोहित शर्मा मात्र ९ रन बनाएर पभेलियन फर्किए भने ऋषभ पन्त शून्य रनमा आउट भए । 

यस्तै सूर्यकुमार यादव पनि ३ रन जोडेर आउट हुँदा अक्षर पटेलले भने ४७ रन बनाए । 

यस्तै शिवम दुवेले पनि २७ रन बनाउँदा दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्टजेले सर्वाधिक २–२ विकेट लिए । 

प्रकाशित मिति :आषाढ १६, २०८१ आइतवार - ००:१७:५३ बजे

नयाँ लहर