Logo

शनिवार, भाद्र २० गते २०८३

शीतल निवासमा राष्ट्रपति बाउसे बन्दा...

शीतल निवासमा राष्ट्रपति बाउसे बन्दा...

नयाँ लहर

१६, आषाढ २०८१
शीतल निवासमा राष्ट्रपति बाउसे बन्दा...

काठमाडौँ । तनहुँमा जन्मिएका राष्ट्रपति रामचन्द्र पौडेल किसानकै छोरा हुन् । राजनीतिक आरोह अवरोह छिचोल्दै हालमुलुकको सर्वोच्च पदमा रहेका उनी आफ्नो विगतलाई कहाँ बिर्सन सक्थे र !

कृषि प्रदान देशका आम नागरिकलाई हौसला दिनै भएपनि उनी देशको अभिभावकको रुपमा सांकेतिक रुपमा शनिबार रोपाइँ कार्यक्रममा सरिक भए । शीतल निवासभित्रै रोपाइँका लागि तयार गरिएको जमिनमा पसेर उनले केहीबेर बाउसे गरे । सो क्रममा राष्ट्रपति पत्नी सविता पौडेल पनि बिउ रोप्ने काममा सरिक भइन् ।

मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असारलाई लिइन्छ । त्यसमाथि असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । यही असारको मानो रोपेर मुरी फलाउने र दही चिउरा समेत खाने संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्रपति आम कृषकलाई उत्साह भर्नकै लागि खेतमा पुगेर बाउसे गर्न लागिपरेका हुन् । जुन कार्यक्रमको फोटो राष्ट्रपति कार्यालयले सार्वजनिक गरेसँगै राष्ट्रपतिको बाउसे अवतारबारे चर्चासमेत भइरहेको छ । 

राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रम शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए । 

‘पहिले देशमा फलफूल तरकारीभन्दा धानकै बढी उत्पादन हुन्थ्यो । धनधान्य भएपनि धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो धान कम भएर बाहिरबाट आयात गर्न थालिएको छ’, उनले भने, ‘यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ ।  रोपाइँपछि दही चीउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो ।

प्रकाशित मिति :आषाढ १६, २०८१ आइतवार - ००:२०:५४ बजे

नयाँ लहर