काठमाडौँ । नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार राति सम्पन्न खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।
भारतको जितमा दुई खेलाडीले अविजित अर्धसतक कटाए । कप्तान रोहित शर्माले अविजित ७४ रन तथा सुभमन गिलले ६७ रन बनाएका हुन् । शर्माले ५९ बल खेल्दै पाँच छक्का र ६ चौका प्रहार गरे । यस्तै गिलले ६२ बल खेल्ने क्रममा एक छक्का र आठ चौका हिर्काए ।
यसअघि नेपालले ४२ दशमलव २ ओभरमा सबैविकेट गुमाउँदै २ सय ३० रनको योगफल बनाएको थियो ।
तर, श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा नेपालले दिएकदुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा खेलमा बर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको थियो । भारतले एक सय ४५ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य भारतले बिना कुनै विकेट २० दशमलव एक ओभरमा पूरा गर्यो ।
यसअघि पाकिस्तानसँग पहिलो खेलमा नेपाल पराजित भएको छ । दुई खेलमा हारेसँगै नेपाल समूह चरणबाटै घर फर्किन लागेको हो । एसिया कपमा नेपालको यो पहिलो सहभागिता रहेको थियो ।