Logo

शुक्रवार, भाद्र १९ गते २०८३

एसिया कपमा नेपाल यसकारण पाकिस्तानसामू कमजोर देखियो

एसिया कपमा नेपाल यसकारण पाकिस्तानसामू कमजोर देखियो

नयाँ लहर

१४, भाद्र २०८०
एसिया कपमा नेपाल यसकारण पाकिस्तानसामू कमजोर देखियो

पाकिस्तानले बुधबारदेखि सुरु भएको एसिया कपमा धमकेदार सुरुवात गरेको छ । पाकिस्तानी टिमले पहिलो पटक प्रतियोगितामा सहभागी भएको नेपाललाई २३८ रनको सानदार जित हासिल गरेको हो । एसिया कप इतिहासमा पाकिस्तानको लागि यो हालसम्मकै सानदार जित हो । 

मुल्तान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पुरा ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३४२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले २३.४ ओभरमा अलआउट हुँदै जम्मा १०४ रन बनायो । 
पाकिस्तानको सानदार जितमा बाबर आजम, इफ्तिखार अहमद  र शादाब खान नायक रहे । 

भारी रनको यो जितको रेकर्ड एसिया कपको पुरा इतिहास केलाउँदा भने दोस्रोमा पर्छ । सबैभन्दा फराकिलो जितको रेकर्ड भारतको नाममा छ । भारतले सन् २००८ मा हङकङलाई २५६ रनले हराएको थियो । 

पाकिस्तानकै हकमा भने यो हालसम्मकै फराकिलो जित हो । यसअघि पाकिस्तानले बंगलादेशलाई सन् २००० मा २३३ रनले हराएको थियो । 
यस्तै समग्रमा वान डे इतिहासको यो तेस्रो सर्वाधिक सानदार जित हो । पाकिस्तानले सन् २०१६ मा आयरल्याण्डलाई २५६, २०१८ मा जिम्बाब्वेलाई २४४ रनले हराएको थियो । 
किन हार्यो नेपाल ?
पहिलो पटक एसियाकप खेलिरहेको नेपालको अन्तर्राष्ट्रिय जगतमा चर्चा पनि भइरहेको छ।  गत वैशाखमा  घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको विजेताको हैसियतले नेपालले एसिया कपमा सहभागिता जनाएको हो ।
भारतीय र केही क्रिकेटसँग सम्बन्धित मिडियाहरुले मुख्यतः पाकिस्तानसँगको खेलमा नेपाली खेलाडीमा अनुभवकै कमी देखिएको टिप्पणी गरेका छन् । नेपाली टीम तीन वटै क्षेत्र बलिङ, ब्याटिङ र फिल्डिङमा फिक्का देखिएको टिप्पणी गरेका हुन् । 
सुरुमा उत्कृष्ट फिल्डिङ गर्दै नेपाली टोलीले पाकिस्तानी खेलाडीहरुलाई दवाव दिन सफल भएका थिए । तर, त्यसपछि पाकिस्तान खेल सुधार्यो । सम्हालिएर खेल्दै पाकिस्तानी कप्तान बाबर आजम र इफ्तिखार अहमतले सतकको योगदान दिए । उनीहरुकै सतकको मद्यतमा पाकिस्तानले ३४२ रन बनाउन सक्यो । 
पहिलो, नेपालले मिडल आवर्समा विकेट लिन सकेन भने दोस्रो विशाल योगफल पछ्याउने क्रममा खराब सुरुवात हुन पुग्यो । यस्तै विश्व नम्बर एकको ताज बोकिरहेको पाकिस्तानको बलिङ नेपाली ब्याट्सम्यानले सहीरुपमा सामना गर्न सकेनन् ।

प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - १८:२५:५६ बजे

नयाँ लहर