Logo

शुक्रवार, भाद्र १९ गते २०८३

एएफसी कप छनोटमा मछिन्द्रसँग भुटानी क्लब स्तब्ध 

एएफसी कप छनोटमा मछिन्द्रसँग भुटानी क्लब स्तब्ध 

नयाँ लहर

२३, श्रावण २०८०
एएफसी कप छनोटमा मछिन्द्रसँग भुटानी क्लब स्तब्ध 

काठमाडौ । नेपाली क्लब मछिन्द्रले भुटानी क्लब पारो एफसीलाई एएफसी कप छनोटको प्रारम्भिक चरणमा पराजित गरेको छ । पारो एफसीलाई ३–२ गोलले हराउँदै मच्छिन्द्र क्लब एएफसी कप छनोटको दोस्रो चरण पुगेको हो । 

मंगलबार दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा भुटानले सुरुवाती अग्रता लिएको थियो ।  खेलको ७औं मिनेटमा पारोका काजुओ होम्माले गोल गर्दै अग्रता लिएका थिए । तर त्यसको ५ मिनेटपछि नै  विमल घर्ती मगरले बराबरी गोल फर्काए ।

यस्तै त्यसपछि १५ ‍औं मिनेटमा आयुष घलानले तथा ३९ मिनेटमा ओलावाले आफिजले गोल गरे गरे । 

७१औं मिनेटमा पारोका लागि इभान अशान्तेले एक गोल गरेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन।  
विजेता मछिन्द्रले आगामी  अगष्ट १६ मा भारतीय क्लब मोहन बगानसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ । 

प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - १९:५५:५१ बजे

नयाँ लहर