Logo

शुक्रवार, भाद्र १९ गते २०८३

एनआरएनए यूएई विभाजित, पासाङले बनाए तदर्थ समिति

एनआरएनए यूएई विभाजित, पासाङले बनाए तदर्थ समिति

नयाँ लहर

२४, श्रावण २०८०
एनआरएनए यूएई विभाजित, पासाङले बनाए तदर्थ समिति

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई विभाजित बनेको छ । यसअघि संस्थापन पक्षले गराएको अधिवेशन बहिस्कार गरेका पासाङ शेर्पालगायतको समूहले समानान्तर एनआरएनए बनाएको हो । 

 शेर्पाको संयोजकत्वमा २९ सदस्यीय तदर्थ समिति बनाएसँगै एनआरएनए यूएई विभाजित बनेको हो । शेर्पा नेतृत्वको तदर्थ समितिलाई विनोद कुँवर नेतृत्वको एनआरएनएले वैधानिकता दिएको हो । कुँवर समूहले संस्थापनसँग एकता गर्न तयार भएको बताइँदा यूएईमा छुट्टै एनआरएनए खडा गर्न वैधानिकता दिएको हो । 


‘यहाँको संयोजकत्वमा २९ सदस्यहरु सहितको राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति, यूएई गठन भएको जानकारीले हामी हर्षित भएका छौं । त्यस राष्ट्रिय समन्वय परिषद् तदर्थ समितिलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को तर्फबाट मान्यता प्रदान गर्दै संघको विधान २००३–२०२१ को संशोधन सहित) अनुसार आफ्नो कामकारवाही अघि बढाउन समेत अनुरोध गर्दछौं’, कुँवर र महासचिव जानकी गुरुङले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।  
एनआरएनए यूएईमा संस्थापन पक्षबाट हाल विकास शाही अध्यक्ष रहेका छन् ।  शाहीलाई अध्यक्ष बनाउन एकपक्षीय रुपमा निर्वाचन समिति नै लागिपरेको भन्दै पासाङ समूहले विरोध गरेको थियो भने अधिवेशन नै बहिस्कार गरेको थियो । 
एनआरएनए यूएई विवाद भइरहने एनसीसीमध्ये एक मानिन्छ । 

प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - २२:३४:१४ बजे

नयाँ लहर

सम्बन्धित समाचार