Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

एनआरएनए यूएई विभाजित, पासाङले बनाए तदर्थ समिति

एनआरएनए यूएई विभाजित, पासाङले बनाए तदर्थ समिति

नयाँ लहर

२४, श्रावण २०८०
एनआरएनए यूएई विभाजित, पासाङले बनाए तदर्थ समिति

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएई विभाजित बनेको छ । यसअघि संस्थापन पक्षले गराएको अधिवेशन बहिस्कार गरेका पासाङ शेर्पालगायतको समूहले समानान्तर एनआरएनए बनाएको हो । 

 शेर्पाको संयोजकत्वमा २९ सदस्यीय तदर्थ समिति बनाएसँगै एनआरएनए यूएई विभाजित बनेको हो । शेर्पा नेतृत्वको तदर्थ समितिलाई विनोद कुँवर नेतृत्वको एनआरएनएले वैधानिकता दिएको हो । कुँवर समूहले संस्थापनसँग एकता गर्न तयार भएको बताइँदा यूएईमा छुट्टै एनआरएनए खडा गर्न वैधानिकता दिएको हो । 


‘यहाँको संयोजकत्वमा २९ सदस्यहरु सहितको राष्ट्रिय समन्वय परिषद् तदर्थ समिति, यूएई गठन भएको जानकारीले हामी हर्षित भएका छौं । त्यस राष्ट्रिय समन्वय परिषद् तदर्थ समितिलाई अन्तर्राष्ट्रिय समन्वय परिषद्को तर्फबाट मान्यता प्रदान गर्दै संघको विधान २००३–२०२१ को संशोधन सहित) अनुसार आफ्नो कामकारवाही अघि बढाउन समेत अनुरोध गर्दछौं’, कुँवर र महासचिव जानकी गुरुङले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।  
एनआरएनए यूएईमा संस्थापन पक्षबाट हाल विकास शाही अध्यक्ष रहेका छन् ।  शाहीलाई अध्यक्ष बनाउन एकपक्षीय रुपमा निर्वाचन समिति नै लागिपरेको भन्दै पासाङ समूहले विरोध गरेको थियो भने अधिवेशन नै बहिस्कार गरेको थियो । 
एनआरएनए यूएई विवाद भइरहने एनसीसीमध्ये एक मानिन्छ । 

प्रकाशित मिति :श्रावण २४, २०८० बुधवार - २२:३४:१४ बजे

नयाँ लहर

सम्बन्धित समाचार