Logo

शुक्रवार, भाद्र १९ गते २०८३

'विदेशमा बस्ने हरेक नेपाली नेपालको अनौपचारिक राजदूत', थाइल्याण्ड सम्मेलनमा केके भए ?

'विदेशमा बस्ने हरेक नेपाली नेपालको अनौपचारिक राजदूत', थाइल्याण्ड सम्मेलनमा केके भए ?

नयाँ लहर

२, चैत्र २०८१
'विदेशमा बस्ने हरेक नेपाली नेपालको अनौपचारिक राजदूत', थाइल्याण्ड सम्मेलनमा केके भए ?

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले विदेशमा बस्ने हरेक नेपालीले नेपालको अनौपचारिक राजदूतको भूमिका निर्वाह गरिरहेको बताएका छन् । 

थाइल्याण्डमा शनिबार आयोजित एनआरएनएको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलनलाई सम्मेलन गर्दै उनले विदेशमा बस्ने हरेक नेपाली नेपालको अनौपचारिक राजदूत भएको बताएका हुन् । 
विदेशमा बस्ने नेपालीको यस्तो महत्वपूर्ण भूमिका रहेकाले संघमा  एकता र सहमतिको वातावरण निर्माण गर्न अपरिहार्य रहेको उनले बताए। उनले भने,  'लोकतन्त्रलाई अगाडी बढाउने गतिमा देश बाहिर भित्र जे भएपनि त्यो प्रतिस्पर्धाभित्र एकता, सहमति, परिवर्तन र सुधार र अग्रगमनको यात्राको गतिमा कमी आउन दिनुहुन्न । यही भावना तपाई एनआरएनभित्र पनि हुनु जरुरी छ । अहिले जे जस्तो अवस्था छ त्यसबाट छुट्कारा पाउन पनि प्रतिस्पर्धालाई होइन एकता र सहमतिलाई प्राथमितामा राख्नु जरुरी छ ।'
एनआरएनले नेपालको सन्देशबहाक भएर नेपाललाई विश्वभरि चिनाउनतर्फ ध्यान दिनुपर्ने, संस्कृतिको आदानप्रदानलाई अघि बढाउन पुलको काम गर्दै त्यसलाई निरन्तरता दिनुपर्ने उनले बताए । 

यसैगरी थाइल्याण्डका लागि नेपालका राजदूत धनबहादुर ओलीले एनआरएनए अभियानले विश्वभरका नेपालीलाई एकबद्ध रहेकोले सामान्य विवादमा अल्झेर संस्थालाई संकटमा पार्नु नहुने  बताए । 
यसैगरी गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले एनआरएनए अभियानलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरे ।  उनले संघ एउटा संस्था मात्रै नभई विदेशमा रहेका ८० लाख नेपालीको साझा चौतारी एवं विश्वभरका नेपालीलाई एकबद्ध गर्ने पवित्र अभियान भएको जिकिर गरे ।   
केसीले मे महिनामा महाधिवेशन गर्ने भन्दै तयारी गरिरहेका शेष घले नेतृत्वको समितिले प्राविधिक रुपमा पनि मे महिनामा महाधिवेशन गर्न नमिल्ने जिकिर गरे ।  ९० वटै एनसीसीको कार्यतालिका प्रभावित हुने भएकोले अक्टोबरमै महाधिवेशनका लागि हातेमालो गर्न आग्रह गरे । 
 
यसैगरी उपाध्यक्ष डा हेमराज शर्माले सामाजिक सञ्जालमा छरपष्ट रुपमा फैलाइएको नकारात्मकता जस्तो अवस्था एनआरएनएभित्र नरहेको दाबी गरे । 
यसैगरी उपाध्यक्ष तथा कार्यक्रम निर्देशक रामशरण सिम्खडाले  सरकारले  संविधानमै भएको प्रावधानलाई पनि किस्ताबन्दीमा दिइरहेको बताए । पछिल्लो समय दोस्रो विश्वयुद्धपछि थाइल्याण्ड, म्यानमार, फिजी लगायत देशमा पुगेका नेपालीहरुका सन्ततीलाई आफूहरुलाई नेपाली भनि पहिचान दिलाइनुपर्ने उनले बतँए । 
सरकारले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र पीएनओजको मुद्दालाई सकेसम्म चाँडो टुँग्याउनुपर्नेमा उनले बताए । 

यसैगरी महिला उपाध्यक्ष रोजिना प्रधान राईले  ९० देशमा औपचारिक सञ्जाल स्थापना गर्दै एनआरएनएले विभिन्न देशमा छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्न सफल भएको दाबी गरिन् । 
सो अवसरमा पाल्पाकी ओजस्वी आचार्यलाईएनआरएनए ब्राण्ड एम्बास्टर घोषणा गरिएको थियो । पाल्पास्थित दमकडा  नमुना माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत आचार्य एनआरएनएद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय वक्तृत्वकला प्रतियोगिताकी अतिथी वक्ता समेत थिइन् । 
यसैबीच सोही कार्यक्रममा  एसियन इन्टरनेशनल युर्निभर्सिटीमा एमबीबीएस अध्ययनको लागि दुई जना नेपालीलाई अवसर प्रदान गर्ने  सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । संघका तर्फबाट केसीले र युर्निभसिर्टीका तर्फबाट रेक्टर एस एस देखकानोयले समझदारीपत्रमा हस्ताक्षर गरे । 
एनआरएनएभित्रको विवादका बिच केसीको नेतृत्वमा रहेको कार्यसमितिले थाइल्याण्डमा सम्मेलन गरेको हो । उक्त सम्मेलन अवैध भएको जिकिरसहित घले नेतृत्वको उच्चस्तरीय समितिले रोक्न पत्राचार गरेको थियो । 
एनआरएनएमा लामो समयदेखि विवाद रहेको छ । विवादकै बिच गत वर्षको चैत २१ मा सर्वोच्चले घलेको नेतृत्वमा एकताको महाधिवेशन गर्न पत्राचार गरेको थियो । तर सर्वोच्चको दोस्रो फैसलाबाट आफ्नो कार्यसमितिले आधिकारिकता पाएको भन्दै केसीले गतिविधि गर्दै आएका छन् । 
यस्तो अवस्थामा घलेले मेमा एकताको महाधिवेशन मिति घोषणा गर्दा केसीले अक्टोबरमै नियमित महाधिवेशनको मिति घोषणा गरेका छन् ।

प्रकाशित मिति :चैत्र २, २०८१ आइतवार - ०८:०९:४८ बजे

नयाँ लहर

सम्बन्धित समाचार