Logo

शुक्रवार, भाद्र १९ गते २०८३

एनआरएनए कार्यालयमा आक्रमणको घटना : युवा संघका कार्यकर्ता फन्दामा

एनआरएनए कार्यालयमा आक्रमणको घटना : युवा संघका कार्यकर्ता फन्दामा

नयाँ लहर

१६, कार्तिक २०८०
एनआरएनए कार्यालयमा आक्रमणको घटना : युवा संघका कार्यकर्ता फन्दामा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालयमा मंगलबार भएको घटनामा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।  
पक्राउ पर्नेमा उदयपुर घर भएका युवा संघका कार्यकर्ता दीपेन्द्र घिसिङ रहेका छन् । उनलाई बिहीबार राजधानीको गौरीघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए । 

मंगलबार युवा संघका कार्यकर्ताले बालुवाटारस्थित संघको कार्यालयमा बेल्जियम निवासी पत्रकार तथा एनआरएनए अभियन्ता ओम शर्मामाथि आक्रमण गरेका थिए । सो घटनाको अनुसन्धानका संघको कार्यालयमा रहेको सीसीटीभी फुटेज मगाएर अनुसन्धान गर्दा उनको संलग्नता देखिएको प्रहरीको भनाइ छ । 
यस्तै सोही घटनामा एनआरएनएका अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीलगायतमाथि पनि दुर्व्यवहार भएको थियो । 

प्रकाशित मिति :कार्तिक १६, २०८० बिहिवार - २२:४६:०८ बजे

नयाँ लहर

सम्बन्धित समाचार