Logo

शुक्रवार, भाद्र १९ गते २०८३

एनआरएनए युवा संयोजक पदमा सुपेन्द्र घिसिङको उम्मेदवारी

एनआरएनए युवा संयोजक पदमा सुपेन्द्र घिसिङको उम्मेदवारी

नयाँ लहर

२६, आश्विन २०८०
एनआरएनए युवा संयोजक पदमा सुपेन्द्र घिसिङको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा संयोजक पदमा जापान निवासी  सुपेन्द्र घिसिङको उम्मेदवारी दर्ता गराएका छन् । गैरआवासीय नेपाली संघको बालुवाटारस्थित कार्यालयमा उनले शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 
उनको प्रस्तावकमा अर्जुन थापा र किरण बर्मा रहेका छन् भने समर्थकमा प्रकाश लामिछाने र श्रीकृष्ण पाठक रहेका छन् । 
युवा सशक्तीकरणमार्फत संस्थागत रूपान्तरणको उद्घोषसहित घिसिङले आफूले उम्मेदवारी दिएको बताए । एनआरएनएको निर्वाचन यही अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुँदै छ । 

प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - २३:३९:०८ बजे

नयाँ लहर

सम्बन्धित समाचार