Logo

शुक्रवार, भाद्र १९ गते २०८३

आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्तिम बिदाइ

आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्तिम बिदाइ

नयाँ लहर

२८, भाद्र २०८०
आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्तिम बिदाइ

काठमाडौँ । हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टी गरिएको छ । पशुपति आर्यघाटमा उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरे । 

यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।   संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभाका पूर्वसभामुख नेम्वाङको निधनमा नेपाल सरकारले राजकीय सम्मान प्रदान गरेको थियो । उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरमा छोराहरू मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएको नेकपा एमालेले जनाएको छ । त्यसक्रममा स्व.नेम्वाङप्रति सम्मान प्रकट गर्दै नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।

.नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल सरकारका मन्त्रीहरू, सांसदहरू, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, नेपाल सरकारका मुख्य सचिव, संसद सचिवालयका महासचिवसहित उच्चपदस्थ कर्मचारीहरू, सुरक्षा निकायका अधिकारीहरू, सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु पशुपति आर्यघाट पुगेका थिए । 

प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - २०:०५:२८ बजे

नयाँ लहर