Logo

शुक्रवार, भाद्र १९ गते २०८३

सुन तस्करी प्रकरणमा पक्राउ परेका भन्दा थोरै प्रतिवादी ! 

सुन तस्करी प्रकरणमा पक्राउ परेका भन्दा थोरै प्रतिवादी ! 

नयाँ लहर

२७, भाद्र २०८०
सुन तस्करी प्रकरणमा पक्राउ परेका भन्दा थोरै प्रतिवादी ! 

काठमाडौँ । हङकङबाट मोटरसाइकलको ब्रेकप्याडमा लुकाएर भएको ६० किलो ७१६ ग्राम सुन तस्करीसम्बन्धी घटनाको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पन्न गर्दै जिल्ला सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरेको छ । 

सीआईबीले पक्राउ परेका ३२ जना थुनुवा, विभिन्न मितिमा शंकास्पद स्थानमा छापा मारेर बरामद भएको दशी प्रमाणका साथसाथै अन्य थप कगजातसहितको ३१४ पृष्ठ लामो अनुसन्धान प्रतिवेदन बुधबार हस्तान्तरण गरेको हो । प्रतिवेदनअनुसार ब्युरोले २९ जनालाई मात्रै प्रतिवादी बनाउन राय दिएको छ । सीआईबीले हाल हिरासतमा रहेका ३२ मध्ये ७ जनालाई प्रतिवादी नबनाउने निर्णय गरेको हो । यस्तै यो प्रकरणमा संलग्न १८ जना भनिएकोमा ४ जनालाईमात्रै प्रतिवादी बनाउने गरी राय दिइएको छ । 

जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता जनक घिमिरेले २५ जना थुनुवा र ४ जना फरार प्रतिवादी गरी कुल २९ जनालाई मुद्दा चलाउने रायसहितको प्रतिवेदन सीआईबीले पेश गरेको जानकारी दिए । उनले अब सरकारी वकिलको कार्यालयले मिसिल अध्ययन गरेर प्रतिवादी टुंगो लगाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने बताए । 

प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - २२:४३:४४ बजे

नयाँ लहर