Logo

शुक्रवार, भाद्र १९ गते २०८३

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा झा नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा झा नियुक्त

नयाँ लहर

२२, भाद्र २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा झा नियुक्त

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा डा अञ्जनीकुमार झालाई नियुक्त गर्ने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि कृष्ण गिरीसहित ९ जना सर्टलिस्टमा परेका थिए । जसमा झालाई नियुक्त गर्ने सरकारले निर्णय गरेको हो । 

बैठकले निजामति सेवाका ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने, स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत गर्नेलगायतका विषय पनि गरेको एक मन्त्रीले जानकारी दिए । 

प्रकाशित मिति :भाद्र २२, २०८० शुक्रवार - ०७:४९:५४ बजे

नयाँ लहर