काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) का डीएसपी दर्शन गिरी एसपीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको सिफारिसमा उनी एसपीमा बढुवा भएका हुन् ।
भदौ ४ गते बसेको गृह मन्त्रालयको सचिवस्तरीय बैठकबाट उनीसहित ५६ जना डीएसपी बढुवा सिफारिस भएका थिए ।
उनीहरु सबैले आवश्यक प्रक्रियापछि बढुवा भएर आज दर्ज्यानी चिह्न लगाएका छन् ।
सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बढुवा भएका एसपीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरे ।
गिरी २०६० भदौमा इन्स्पेक्टरमा सेवा प्रवेश गरेका थिए । गिरी सशस्त्र प्रहरीभित्र क्षमतावान र इमानदार अधिकृतका रुपमा चिनिन्छन् ।