राप्रपा सम्बद्ध प्रवासी नेपाली एकता समाज पानसको बेलायत अध्यक्षमा रोशन सापकोटा सर्वसम्मतिले चयन भएका छन् ।
कार्यसमितिको उपाध्यक्षमा सोनाम शेर्पा र श्रीमती शर्मिला लामा, महासचिवमा रमेश शाही ठकुरी, सचिवमा श्रीमती गीता गिरी, संगठन विभागमा डा.डेबिड थापा र भुपाल कार्की, प्राविधिकतर्फ राकेश शाह रहेका छन् ।
यसैगरी कार्यसमितिको सदस्यमा रामप्रवेश यादव, मिठूलाल बिक, सुरेन्द्र बम, शैलेस श्रेष्ठ, दिपक खड्का, कुमार गुरुङ र सुरज श्रेष्ठ रहेका छन् । भेलाले एक.के.श्रेष्ठ, वरिष्ठ गायिका मिरा राणा, श्रीमती नन्द कुमारी गुरुङ र प्रेमबहादुर गुरुङलाई सल्लाहकार चयन गरेको नवनिर्वाचित अध्यक्ष सापकोटाले जानकारी दिएका छन् ।
राप्रपाले पछिल्लो समय आक्रामक ढंगबाट पार्टीको प्रवास संगठन विस्तार गर्ने नीति लिएको र कतिपय देशमा अधिवेशन सम्पन्न भइसकेको, कतिपय अधिवेशन हुने क्रममा रहेको प्रवास विभागले जनाएको छ ।