Logo

शुक्रवार, भाद्र १९ गते २०८३

एनआरएनए सचिवमा पुडासैनीको उम्मेदवारी : के हो ‘ग्रासरुट’ को एजेण्डा ?

एनआरएनए सचिवमा पुडासैनीको उम्मेदवारी : के हो ‘ग्रासरुट’ को एजेण्डा ?

नयाँ लहर

२६, आश्विन २०८०
एनआरएनए सचिवमा पुडासैनीको उम्मेदवारी : के हो ‘ग्रासरुट’ को एजेण्डा ?


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा नुवाकोटमा जन्मिइ हाल बेलायत निवासी राजेन्द्र पुडासैनीले उम्मेदवारी दिएका छन् । 
एनआरएनएको अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुन गइरहेको विश्व सम्मेलन तथा निर्वाचनका लागि उनी आफ्नो एजेण्डासहित चुनावी मैदानमा उत्रिएका हुन् । 
उनले एनआरएनएको ग्रासरुटसम्म पुग्ने र उनीहरुकै कुरा सुन्दै सबल र बलियो संस्था बनाउन भूमिका खेल्ने प्रमुख एजेण्डा अघि सारेका छन् । 

अधिकतम एकेडेमिक व्यक्तिहरूलाई संस्थातर्फ आकर्षित गराउन भूमिका खेल्ने, संस्थामा पैसाको चलखेल हुन्छ भन्ने न्यारेटिभ बदल्ने, महिला, बुद्धिजीवी र युवा तथा दोस्रो पुस्ताका विज्ञ नेपालीलाई संस्थामा आकर्षित गर्नेलगायतका एजेण्डा पुडासैनीले अघि सारेका छन् । 

प्रकाशित मिति :आश्विन २६, २०८० शुक्रवार - २३:५६:४३ बजे

नयाँ लहर