Logo

शुक्रवार, भाद्र १९ गते २०८३

नुवाकोटको विकाससम्बन्धी समस्या बोकेर सांसदहरु पुगे बालुवाटार (ध्यानाकर्षणपत्रसहित)

नुवाकोटको विकाससम्बन्धी समस्या बोकेर सांसदहरु पुगे बालुवाटार (ध्यानाकर्षणपत्रसहित)

नयाँ लहर

१६, भाद्र २०८०
नुवाकोटको विकाससम्बन्धी समस्या बोकेर सांसदहरु पुगे बालुवाटार (ध्यानाकर्षणपत्रसहित)

काठमाडौँ । नुवाकोट जिल्लाको विकाससम्बन्धी समस्या बोकेर नुवाकोटका केही सांसद र सरोकारवालाहरु शनिबार प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । 

शनिवार बिहान नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरुका साथै सरोकारवालाहरु प्रधानमन्त्रीलाई भेट्न र यसबारे ध्यानाकर्षण गराउन बालुवाटार पुगेका हुन् ।  उक्त भेटमा जिल्लाका विभिन्न समस्याका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको भेटमा सहभागी कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले जानकारी दिए । 

 साथै नुवाकोट विकासको मेरुदण्डको रुपमा  लिइएको पासाङ ल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले पिपलटार सडक खण्डमध्यको पहिलो चरणमा तिनपिप्ले–रानिपौवाको लागि मात्र बजेट निकासा भएको हुँदा यही वर्षनै आन्तरिक स्रोत जुटाएर सो बाटोलाई पिपलटारसम्म  कालोपत्र गर्नेगरी व्यवस्था गर्न ध्यानाकर्षण गराइएको छ । 

साथै प्रधानमन्त्रीले उक्त राजमार्गको विषयमा आफू जानकार रहेको र उक्त सडकलाई आन्तरिक स्रोत जुटाएर भएपनि यो वर्षनै सम्पन्न गरिने विस्वास व्यक्त गरेको बताइएको छ । 

 यसका साथै बन्चरेडाँडा ल्याण्ड्फिल साइटले पारेको समस्या र त्यस भेगका नागरिकले भोग्नुपरेको समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराइएको थियो । 
 सरकारले पटक पटक यहाँका नागरिकसँग गरिएको सम्झौता कार्यान्वयन गर्न बेवास्ता गरेको प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको केसीले बताए । 

सो क्रममा प्रधानमन्त्रीले अबिलम्ब उक्त समस्याको बारेमा सम्वन्धित निकायसँग छलफल गरेर दीर्घकालीन समस्या समाधानको उपाय खोजिने कुरा व्यक्त गरेका थिए। 

भेटमा सांसद अर्जुन नरसिंह केसीले पासाङ ल्हामु राजमार्गका साथै बन्चरेडाँडा ल्याण्ड्फिल साइटको बारेमा सरकार गम्भीर नभए आफू संसद भवन भित्र आमरण अनसन बस्नुपर्ने अवस्था आउने चेतावनी दिए । जवाफमा प्रधानमन्त्रीले यस विषयमा त्यो परिस्थिति आउन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । 

ध्यानाकर्षण पत्र हेर्नुहोस्

हेर्नुहोस् ध्यानाकर्षणपत्र.pdf :To download file click here

प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - १३:०७:४६ बजे

नयाँ लहर

सम्बन्धित समाचार