Logo

शुक्रवार, भाद्र १९ गते २०८३

राप्रपा सांसद खुश्बु ओली किन पुगिन् साइबर ब्यूरो ?

राप्रपा सांसद खुश्बु ओली किन पुगिन् साइबर ब्यूरो ?

नयाँ लहर

३०, चैत्र २०८२
राप्रपा सांसद खुश्बु ओली किन पुगिन् साइबर ब्यूरो ?

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आफ्नो चरित्रहत्या गर्ने गतिविधि भइरहेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। आफू विरुद्ध सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरिएको भन्दै उनले सोमबार नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा पुगेर लिखित उजुरी दर्ता गराएकी हुन् । 
केही फेसबुक पेज, टिकटक र युट्युब च्यानलहरूले योजनाबद्ध रूपमा आफ्नो व्यक्तिगत र सार्वजनिक जीवनमा क्षति पुर्‍याउने उद्देश्यले आधारहीन र भ्रामक सामग्री प्रसारण गरेको उनको भनाइ छ। 

यस विषयमा सुरुमै सम्बन्धित व्यक्तिहरूलाई सचेत गराउँदै त्यस्ता गतिविधि रोक्न भने पनि चेतावनीलाई बेवास्ता गरी दुष्प्रचार जारी राखिएपछि बाध्य भएर कानुनी प्रक्रियामा जानुपरेको उनले बताएकी छिन्। असान्दर्भिक पुराना कुराहरुलाई अनावश्यक रुपमा उछालेर उनको चरित्र हत्या गर्ने काम भएको बताइएको छ । 
ओलीले यस्ता गतिविधिलाई सामान्य आलोचना वा अभिव्यक्ति स्वतन्त्रता नभई आफ्नो छवि धूमिल पार्ने संगठित प्रयास भएको बताइन्। उनले साइबर दुरुपयोग र दुष्प्रचार गर्नेहरू विरुद्ध कानुनी राज्यको प्रक्रिया अनुसार आवश्यक कारबाही हुनेमा विश्वास व्यक्त गरिन् ।
अहिलेको समयमा घृणा फैलाउनुलाई एउटा व्यापार जस्तो बनाइएको भन्दै उनले आक्रोश समेत व्यक्त गरिन्। कसैको जीवनमा क्षति पुर्‍याएर घृणाबाट लाभ कमाउने प्रवृत्ति अनैतिक र पतित सोच भएको समेत उनले बताइन् । 

प्रकाशित मिति :चैत्र ३०, २०८२ सोमवार - २१:२०:५१ बजे

नयाँ लहर

सम्बन्धित समाचार