राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिएकी छन् । बिहीबार सिंहदरबारमा आयोजित शपथग्रहण समारोहमा उनले संस्कृत भाषामा शपथ लिएकी हुन् ।
यसअघि २०७९ सालको निर्वाचनपछि स्वतन्त्ररुपमा निर्वाचित सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिएका थिए । त्यसअघि कुनै पनि सांसदले संस्कृतमा शपथ लिएको संसदमा रेकर्ड थिएन । यस आधारमा संस्कृत भाषामा शपथ लिने खुश्बु दोस्रो सांसद भएकी छन् । यो पटक संस्कृत भाषामा शपथ लिने उनी एक्ली सांसद हुन् ।
ओलीले सभ्यता, संस्कृति र ज्ञानको मूल आधार नै संस्कृत भएको बताइन्।