Logo

शुक्रवार, भाद्र १९ गते २०८३

राजधानीबाट नक्कली नोट सहित ३ जना पक्राउ 

राजधानीबाट नक्कली नोट सहित ३ जना पक्राउ 

नयाँ लहर

२३, श्रावण २०८०
राजधानीबाट नक्कली नोट सहित ३ जना पक्राउ 

 काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुङ्गा नगिनी खोला  आगडिबाट मंगलबार सशस्त्र प्रहरी बलले नक्कली नोट सहित ३ जनालाई नियन्त्रणमा लिएको छ । 

 सोही ठाउँमा हिम्मत बमको घरमा भाडामा बस्ने खोटाङको  दिप्रुङ गाउँपालिका  ५ का  लक्ष्मी पाण्डे, लमजुङको दोर्दी गाउँपालिका २ का  सुवास गुरुङ र रामेछापको गोकुल गंगा गाउँपालिका १ का  मदन दमाई  नक्कली नोट सहित पक्राउ परेका हुन् । 

उनीहरुको  साथबाट एक हजारको १ सय ८२ थान नक्कली नेपाली नोट र नोट बनाउन प्रयोग हुने कागज २ सय थान   बरामद भएको छ ।

नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकोले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ  ल्याइ राखेको हुन सक्ने आशंका गरिएको छ । उनीहरुलाइ बरामद सामान सहित आबश्यक कारबाहिको लागि स्थानीय प्रहरीलाइ बुझाएको 
सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - २१:५७:५४ बजे

नयाँ लहर

सम्बन्धित समाचार