Logo

शनिवार, भाद्र २० गते २०८३

धादिङमा तीव्र गतिको माइक्रोबस अनियन्त्रित भएर सडकमै पल्टियो

धादिङमा तीव्र गतिको माइक्रोबस अनियन्त्रित भएर सडकमै पल्टियो

नयाँ लहर

२३, श्रावण २०८०
धादिङमा तीव्र गतिको माइक्रोबस अनियन्त्रित भएर सडकमै पल्टियो

काठमाडौँ । 
पोखराबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस (हायस) धादिङको गजुरी गाउँपालिका–६ बाङ्गेमोडमा दुर्घटनामा परेको छ । दुर्घटनामा चालकसहित १२ घाइते भएका छन् । तीव्र गतिमा रहेको बा २ ख ४५६७ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा तीन महिला र नौ पुरुष छन् ।

छ जना गम्भीर घाइते छन् । गम्भीर घाइतेमध्ये तीन जनालाई काठमाडौँ पठाइएको र गम्भीर घाइते थप तीन जनालाई गजुरी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि काठमाडौँ लाने तयारी भइरहेको प्रहरी कार्यालय गजुरीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । 

उनका अनुसार सामान्य घाइतेको गजुरीका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । माइक्रोबसमा दुई जना बच्चासहित १६ जना सवार थिए । बच्चाको अवस्था भने सामान्य रहेको छ ।

प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - २१:४४:०२ बजे

नयाँ लहर

सम्बन्धित समाचार