Logo

शनिवार, भाद्र २० गते २०८३

महावीर पुनले भने–कानुन मिच्ने मलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद ! 

महावीर पुनले भने–कानुन मिच्ने मलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद ! 

नयाँ लहर

२३, श्रावण २०८०
महावीर पुनले भने–कानुन मिच्ने मलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद ! 

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले अब नेपाल सरकारले दिएका मेडलहरु नबेच्ने भएका छन् । तर, उनले विदेशी मेडलहरु भने बेच्ने स्पष्ट गरेका छन् । 

‘कानुन मिच्ने मलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यबाद छ’, उनले सामाजिक सञ्जालमा व्यङ्ग्यभाव दर्शाउँदै भनेका छन्, ‘नेपाल सरकारले दिएको पदक सहित मैले प्राप्त गरेको अन्य अन्तराष्ट्रिय पदकहरु बेचेर त्यसको पैसा बीरगंजको कृषि औजार कारखानालाई मर्मत सम्भार गर्न र त्यहाँ ५०० केभिएको ट्रान्सफर्मर राख्न भनेर मैले आलोक सुबेदी भाईलाई बिक्रीमा राख्न जिम्मा दिएको थिएँ । उनले रुटिन अफ नेपाल बन्द सहित अन्य अनलाइन मिडियाहरुमा लिलाम बिक्रीमा राख्न लगाएका थिए ।  गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाइ सिंह दरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ ।’

उनले अगाडि भनेका छन्, ‘त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो  । बरु कानुनमा उल्लेख गरे अनुसार तिी पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ । तर अन्तराष्ट्रिय मेडलहरु भने मज्जाले बेच्न पाइन्छ । त्यसो गर्न ति मेडलहरु दिने संस्थाहरुले नेपालको गृह मन्त्रालयले जस्तै कुनै रोकटोक लगाएका छैनन् । त्यसैले मेडलहरु किन्न चाहनेले भाई आलोक सुबेदीलाई सम्पर्क गर्नु होला । सम्पूर्ण मेडल त्यो भाईलाई मैले जिम्मा दिएको ३ बर्ष जति भयो । त्यो भन्दा पहिले मैले सन्तोष गिरी भाईलाई मेडल बेच्ने जिम्मा दिएको थिएँ । जे सुकै होस्, पछि हटिन्न । जोड लगाके अगाडी बढिन्छ, किन भने यस्तो घटनाले झनै उर्जा थपी दिन्छ ।’  

पुनले मेडल बेच्न लागेको सार्वजनि भएपछि गृहले पत्राचारै गरेर यस्तो कार्य कानुनविपरीत भएको भन्दै सचेत गराएको थियो । 

प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - २१:१७:५० बजे

नयाँ लहर

सम्बन्धित समाचार