Logo

बुधवार, कार्तिक ५ गते २०८३

एमालेको अड्डीले चलेन संसद

एमालेको अड्डीले चलेन संसद

नयाँ लहर

२३, श्रावण २०८०
एमालेको अड्डीले चलेन संसद

प्रतिनिधिसभा बैठक फेरि बुधबार एक बजेसम्मका लागि स्थगित भएको छ । सुन तस्करी प्रकरणमा गृह मन्त्री नारायणकाजी श्रेष्ठको जबाफ चित्त बुझ्दो नभएको भन्दै नेकपा एमालेले संसद्मा नाराबाजी गरेपछि मंगलबारको बैठक स्थगित भएको हो ।

 उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले सांसद्हरुले नाराबाजी गरेका थिए । एमालेले यो अडान छाडेको छैन। 

बैठकमा एमाले सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिती गठन नभएसम्म विरोध जारी रहने बताए । 

प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - २१:५८:०९ बजे

नयाँ लहर

सम्बन्धित समाचार