Logo

शनिवार, भाद्र २० गते २०८३

सरकारले 'मानसिक स्वास्थ्य राष्ट्रिय अभियान' कार्यक्रम सञ्चालन गर्ने

सरकारले 'मानसिक स्वास्थ्य राष्ट्रिय अभियान' कार्यक्रम सञ्चालन गर्ने

नयाँ लहर

२३, श्रावण २०८०
सरकारले 'मानसिक स्वास्थ्य राष्ट्रिय अभियान' कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । सरकारले 'मानसिक स्वास्थ्य राष्ट्रिय अभियान ' कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा बसेको बैठकले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सम्बन्धी कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रमको सम्योजन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समन्वय गर्ने गरी विभिन्न विषयगत मन्त्रालय सहितको नीतिगत मार्गदर्शन र निकायगत समन्वयका सिंहको अध्यक्षतामा अनुगमन तथा सहजीकरण समिति बनाइएको छ । 

यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा प्रमुखको अध्यक्षतामा द्रुत कार्य समूह तथा प्रधानमन्त्रीका स्वकीय सहसचिव  गोकर्ण भट्टको अध्यक्षतामा प्रचार प्रसार समिति गठन गरेको छ।

बैठकले विश्वव्यापी रूपमा बढ्दो तनाव, बेरोजगारी, रोगको महामारी जस्ता कृयाकलापले जनताको मानसिक स्वास्थ्यलाई असर गरिरहेकोले त्यस सम्बन्धी कानुन एवम् नीतिमा सुधार गरी सरोकारवाला निकायहरूको साझा प्रयासमार्फत मानसिक रोग बारे जनचेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान सफलतापूर्वक सञ्चालन गर्न साथ र सहयोगको लागि सवै सरोकारवाला निकाय तथा आम सर्वसाधरणमा अपिल गर्ने निर्णय समेत गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - २०:४६:०७ बजे

नयाँ लहर