Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

उपरथीमा पदोन्नति भएका पाठकलाई दर्ज्यानी चिह्न प्रदान

उपरथीमा पदोन्नति भएका पाठकलाई दर्ज्यानी चिह्न प्रदान

नयाँ लहर

२१, आश्विन २०८१
उपरथीमा पदोन्नति भएका पाठकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाली सेनाको उपरथी दर्जामा सहायक रथी  हरेन्द्र पाठकको बढुवा भएको छ । आश्विन १८ गतेको मितिबाट बढुवा भएसँगै सोमबार प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

 पदोन्नतिसँगै उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त भएको सेनाले जनाएको छ । 

प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका मनि कुमार श्रेष्ठ र विष्णु बहादुर कार्कीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।  यसैगरी महासेनानी दर्जामा पदोन्नति भएका डा.निरव कायस्थ, प्रशान्त बज्राचार्य, रित बहादुर रानाभाट, सरोज राना र सुसिल महतले पनि बढुवाको फुली लगाएका छन् ।

प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - १५:३७:४२ बजे

नयाँ लहर

सम्बन्धित समाचार