Logo

शुक्रवार, भाद्र १९ गते २०८३

३६० जनालाई प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति दिइने, आवेदन आह्वान

३६० जनालाई प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति दिइने, आवेदन आह्वान

नयाँ लहर

३०, श्रावण २०८१
३६० जनालाई प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति दिइने, आवेदन आह्वान

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सीटीईभीटी)ले निःशुल्क प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवेदन फाराम खुला गरेको छ । 

दलित, मुस्लिम, विपन्न र सीमान्तकृत समुदायका छात्रछात्रालाई प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम अन्तरगत प्रि–डिप्लोमा तथा डिप्लोमा तहका कार्यक्रमहरुमा निःशुल्क अध्ययन गर्न प्रवेश परीक्षाका लागि आवेदन फाराम खुला गरिएको सीटीईभीटीले बुधबार जारी गरेको सूचनामा उल्लेख छ । 

३६० जनालाई उपलब्ध गराइने यो कार्यक्रमका लागि भदौ २० गतेभित्र आवेदन फाराम बुझाउनुपर्नेछ । यस्तै प्रवेश परीक्षा भदौ २९ गते हुने सूचनामा उल्लेख छ । 

प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - ०८:२६:५३ बजे

नयाँ लहर

सम्बन्धित समाचार