बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) बुधबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् ।
विश्वासको मत लिन मुख्यमन्त्री लामाले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन् ।
प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले पत्र आएको जानकारी दिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संबैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।
लामा साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।