Logo

शुक्रवार, भाद्र १९ गते २०८३

महासमिति बैठकमा होमियो कांग्रेस, समिति गठन

महासमिति बैठकमा होमियो कांग्रेस, समिति गठन

नयाँ लहर

९, आश्विन २०८०
महासमिति बैठकमा होमियो कांग्रेस, समिति गठन

नेपाली कांग्रेस आसन्न महासमितिको तयारीमा जुटेको छ । त्यसका लागि पार्टीले विभिन्न समिति गठन गरेको छ । कांग्रेसले आगामी मङ्सिर १३, १४ र १५ गते काठमाडौँमा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको छ ।

कांग्रेस  बैठकले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं काठमाडौँ उपत्यकाका तीनै जिल्लाका पार्टीका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरूसमेत रहेका छन्।

यस्तै कांग्रेसले महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न पार्टी उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गर्ने निर्णय गरेको छ । समितिमा केन्द्रीय पदाधिकारीहरू, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यहरू रहेका छन् भने समितिमा आवश्यकतानुसार सभापतिले थप सदस्यहरू मनोनयन गर्नेछन् ।

महासमितिको बैठकमा पार्टीको साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नेछन् भने समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नेछन् । 

प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - ०८:०९:०७ बजे

नयाँ लहर

सम्बन्धित समाचार