Logo

शुक्रवार, भाद्र १९ गते २०८३

राजनीति

नेविसङ्घमा ७१० जना नेता थपिए

नेविसङ्घमा ७१० जना नेता थपिए

नयाँ लहर

२२, श्रावण २०८०
नेविसङ्घमा ७१० जना नेता थपिए

काठमाडौँ । कांग्रेसले पार्टीको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को तदर्थ केन्द्रीय कार्यसमितिमा सात सय १० सदस्य थप गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा आज सात सय १० सदस्य मनोनयन गरेका हुन् । 

सभापति देउवाले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेगरी नेविसङ्घमा सदस्य थप गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

सभापति देउवाले यसअघि नेविसङ्घको केन्द्रीय अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए । 

प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - २३:३१:३१ बजे

नयाँ लहर

सम्बन्धित समाचार