काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोलको प्रतिलिटर १ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
बढेको मूल्य मध्यराति १२ बजेर १ बजेदेखि लागू हुने बताइएको छ । यससँगै काठमाडौँमा पेट्रोलको मूल्य १८३ र डिजेल तथा मट्टितेलको मूल्य १७३ पुगेको छ।
इन्डियन आयल कर्पोरेशनले शुक्रबार नै पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ १२ पैसा तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ ९१ पैसा वृद्धि गरेर मूल्यसूची निगमलाई पठाएको थियो ।
