धार्मिकसँगै वैज्ञानिक दृष्टिकोणले पनि पिपलको महत्व कम छैन । यो मात्रै यस्तो बनस्पती हो, जो २४ घण्टा अक्सिजन दिन्छ । पिपलका पातलाई धेरै प्रकारका औषधि बनाउन प्रयोग गरिन्छ ।
पिपलको पातले मुटुसम्बन्धी रोगबाट बचाउँछ । यसका लागि पिपलका १५ ओटा ताजा पातहरु १ लिटर पानीमा उमाल्नुहोस् । त्यसलाई तबसम्म उमाल्नुहोस् जबसम्म १ लिटर पानी घटेर त्यसको तेस्रो हिस्सा नहोस् । त्यसपछि त्यसलाई चिसो बनाएर छान्नुहोस् । उक्त अर्धतरल पदार्थलाई तीन भागमा बाड्नुहोस् । त्यसपछि विहान ३ घण्टाको फरकमा खानुहोस् । हरेक दिन यस्तो गर्नाले तपाईलाई मुटु सम्बन्धी रोगको खतरा कम हुने छ ।
बलियो र सफा तथा सेता दाँतका पनि पिपलको प्रयोग गर्न सकिन्छ । पिपलको पातसँगै जोडिएको कमलो डाँठलाई दाँतुनको रुपमा प्रयोग गर्नुहोस् । यस्तै १० ग्राम पिपलको बोक्रा र २ ग्राम कालो मरिचलाई राम्रोसँग पिसेर बनाएको मन्जनले दाँत माँझ्दा दाँत तथा मुखसम्बन्धी धेरै समस्याबाट छुटकरा पाइन्छ ।
लगातार खोकी रहने (दम)को रोगीका लागि पिपलको रुख एक औषधिको रुपमा काम गर्छ । यसका लागि पिपलको पातसँगै जोडिएको कमलो डाँठको बोक्रा निकालेर भित्रको भाग घाममा सुकाउनुहोस् । त्यसको चूर्ण बनाएर दम रोगबाट ग्रसित बिरामीलाई मनतातो पानीसँग पिउन दिनुहोस् । तीन महिनासम्म नियमित रुपमा यस्तो चूर्ण सेवन गरे दम रोग पूर्ण रुपमा निको हुन्छ ।