नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टीतेलको प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।
निगमका अनुसार मूल्यवृद्धि भएसँगै अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १८२ रुपैयाँ पर्ने भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य १७० पर्नेछ । बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ ।