Logo

शुक्रवार, भाद्र १९ गते २०८३

कमलादीमा गाईजात्रा, मनोज गजुरेलसहित क-कसको प्रस्तुती ?

कमलादीमा गाईजात्रा, मनोज गजुरेलसहित क-कसको प्रस्तुती ?

नयाँ लहर

२३, श्रावण २०८०
कमलादीमा गाईजात्रा, मनोज गजुरेलसहित क-कसको प्रस्तुती ?

काठमाडौँ । गाईजात्रा कार्यक्रम प्रज्ञा भवन, कमलादीमा  हुने भएको छ । '८० सालको गाईजात्रा' नाम दिइएको यो कार्यक्रम भाद्र १३ गतेदेखि १८ गतेसम्म आयोजना हुनेछ ।  गाईजात्रा कार्यक्रमको आयोजक ब्राण्डवर्थ प्राली रहेको छ ।  

मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल 'चिप्लेटी अङ्कल', सीता न्यौपाने, राधिका कंडेल, दीपक प्रसाद आचार्य 'काकु', प्रभात लामा, रुबिना अधिकारी लगायतका कलाकारहरुले '८० सालको गाईजात्र'मा दर्शकहरूलाई हँसाउनेछन् ।  

जेसीस, लायन्स लगायतका संस्थाहरुसंगको सहकार्यमा ब्राण्डवर्थ प्रालीले उपत्यका बाहिर पनि  '८० सालको गाईजात्रा' आयोजना गर्दै छ । विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने पक्का भईसकेको  छ । साथै  अन्य सहरमा पनि '८० सालको गाईजात्रा' आयोजना हुनेछ ।  

कोरोना महामारीका दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्जन र मोटिभेसन गरेको यस प्राली यस पटक पनि रङ्गमञ्च सँगसँगै टेलिभिजनमा पनि  'डिजिटल गाईजात्रा' प्रसारण गर्नेछ ।  

प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - २२:१४:३१ बजे

नयाँ लहर