Logo

शुक्रवार, भाद्र १९ गते २०८३

एयरपोर्ट गेटमा खुल्यो सस्तोमा बस्न पाइने भव्य होटल

एयरपोर्ट गेटमा खुल्यो सस्तोमा बस्न पाइने भव्य होटल

नयाँ लहर

१३, श्रावण २०८१
एयरपोर्ट गेटमा खुल्यो सस्तोमा बस्न पाइने भव्य होटल

राजधानीको एयरपोर्ट गेट नजिकै प्रेसिडेन्ट होटल सञ्चालनका अन्तिम तयारी भएको छ । जसअनुसार आइतबार सञ्चालनको लागि साइत् जुराइएको  र केही सातामै औपचारिक रूपमा सन्चाननमा ल्याइने प्रेसिडेन्ट बिजनेस ग्रुपका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए ।
उनका अनुसार होटलमा करिब ५ करोड लगानी रहेको छ । होटलले ग्राहकलाई सस्तोमा सेवा उपलब्ध गराउने बताइएको छ । 

यसैबीच गैरआवासीय नेपालीहरू र प्रेसिडेन्ट बिजनेस ग्रुपबिचको सहकार्यमा नेपालभर सो ग्रुपले योसहित १० वटा होटलसमेत खोल्न लागिएको समेत उनले बताए । भण्डारीले गैरआवासीय नेपालीले आफ्नो सीप र ज्ञानबाट नेपाललाई पुर्‍याउने महत्त्वपूर्ण योगदानहरूबारे प्रकाश पार्दै यस सहकार्यमा आफ्नो बलियो समर्थन रहेको बताए ।

उनले भने, ‘कूल १ अर्बको लगानीमा आगामी दुई वर्षभित्र नेपालभर १० वटा नयाँ होटल खोल्ने घोषणा गर्न पाउँदा हामी उत्साहित छौं । यी होटलहरू काठमाडौं, पोखरा, चितवन, बुटवल, धनगढी, सुर्खेत, विराटनगर लगायतका प्रमुख सहरहरूमा बनाइनेछन् ।  गैरआवासीय नेपाली र प्रेसिडेन्ट बिजनेस ग्रुपबिचको यस प्रयासले नेपालको होटल उद्योगलाई माथि उठाउने छ ।’

यस परियोजनामा विभिन्न देशका एनआरएनहरूको विशेषज्ञता समेत परिचालन गरिने भण्डारीले बताए । 
नयाँ होटलले यात्रुका लागि विकल्पहरूको रोजाइ सुनिश्चित गर्ने विश्वास गरिएको छ। पर्यटकहरूले मानक सुविधाहरूसहित तीनतारे र चारतारे आवासहरूको सेवा प्राप्त गर्नेछन् । कोठाको शुल्क पनि बजारको प्रतिस्पर्धात्मकताका आधारमा चार हजार र पाँच हजारको बीचमा राख्ने तयारी गरिएको बताइएको छ । 

प्रेसिडेन्ट बिजनेस ग्रुप उत्कृष्टता र ग्राहक सन्तुष्टिका लागि १९ वर्षदेखि प्रसिद्ध छ । 


एनआरएनका लगानीकर्ताको तर्फबाट सोम सापकोटाले प्रेसिडेन्ट बिजनेस ग्रुपसँग सहकार्य गर्न र यस साझेदारीमार्फत नेपालको आतिथ्य क्षेत्रको वृद्धि, विकासमा योगदान पुर्याउन पाउँदा खुसी लागेको बताए । 

प्रकाशित मिति :श्रावण १३, २०८१ आइतवार - २०:५२:२१ बजे

नयाँ लहर