Logo

शुक्रवार, भाद्र १९ गते २०८३

कुन बैंकको ब्याजदर थोरै वा धेरै ? यसरी तुलना गर्नुस्

कुन बैंकको ब्याजदर थोरै वा धेरै ? यसरी तुलना गर्नुस्

नयाँ लहर

२२, श्रावण २०८०
कुन बैंकको ब्याजदर थोरै वा धेरै ? यसरी तुलना गर्नुस्

काठमाडौं । नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले बैंक ब्याजदर तुलना गर्न सकिने फिचर ल्याएको छ । एपमा सोमबारदेखि बैंक रेट नामक नयाँ फिचर थपिएको हो । 

जसको सहयोगमा प्रयोगकर्ताले निश्चित बैंकमा रहेका विभिन्न खाता तथा त्यसमा उपलब्ध ब्याजदर, कुन बैंकमा खाता खोल्दा धेरै ब्याज आउँछ अथवा कुन बैंकले सस्तो ब्याजदरमा ऋण दिन्छ भन्ने जस्ता जानकारी सहजै फेला पार्न सक्नेछन् । निश्चित बैंकमा रहेका विभिन्न खातामा उपलब्ध ब्याजदर थाहा पाउन बैंकको नाम र खाताको प्रकार छनौट गर्नुपर्ने हुन्छ । 

तर एक बैंकको ब्याजदरलाई अर्को बैंकको ब्याजदरसँग तुलना गर्नका लागि भने माथि दायाँ कुनामा रहेको तुलनाको आइकन (विपरित दिशामा फर्किएका दुई धर्सा) मा क्लिक गरी "कम्पेर विथ" (Compare with) मा तुलना गर्न चाहेका कुनै दुई खाता रोज्नुपर्ने हुन्छ । सब डोमेनको रूपमा राखिएको बैंक रेटभित्र बचत खातामा उपलब्ध ब्याजदर तुलना गरेजस्तै गरी विभिन्न बैंकहरूले दिने लोन (ऋण) को ब्याजदर समेत थाहा पाउन र तुलना गर्न सकिन्छ । 

यसका लागि तल बीच भागमा रहेको 'लोन' (Loan) मा क्लिक गर्नुपर्ने हुन्छ । त्यससँगै ऋण रकमको किस्ता कति पर्न आउँछ भन्ने कुरा समेत थाहा पाउन सकिने ईएमआई क्याल्कुलेटर पनि दिइएको छ । 

बैंक रेट नामक फिचर सार्वजनिक गरेको हाम्रो पात्रोले सम्बन्धित बैंकहरूसँगको समन्वयमा यो सुविधालाई परिष्कृत गर्दै लैजाने योजना रहेको जनाएको छ ।

 

प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - २३:४४:३१ बजे

नयाँ लहर