Logo

शुक्रवार, भाद्र १९ गते २०८३

रिहा भए अनमोल केसी

रिहा भए अनमोल केसी

नयाँ लहर

१४, आश्विन २०८०
रिहा भए अनमोल केसी

अभिनेता अनमोल केसी रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार राति हाजिरी जमानीमा रिहा गरेको हो । गत शुक्रबार पक्राउ परेका उनले प्रमाण नष्ट गर्न नसक्ने देखिएकाले रिहा गरिएको प्रहरीको भनाइ छ ।  

केसीले फिल्म खेल्छु भनेर १० लाख रुपैयाँ लिएको निर्माण पक्षले जनाएको छ । तर उनले फिल्म खेल्न नमानेका निर्माण पक्षको दाबी छ । पैसा पनि फिर्ता नगर्ने र फिल्म पनि खेल्न नमानेपछि निर्माण पक्ष ठगीको उजुरी बोकेर प्रहरीकहाँ पुगेको थियो । 

प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - २१:४४:१७ बजे

नयाँ लहर